यसरी पुग्यो बाजुरामा फलेको स्याउ धनगढी ? (भिडियो)

बाजुराको अर्गानिक स्याउँ नागरिकहरुलाई किनेर प्रयोग गर्न मन्त्री शाहको आग्रह !

बाजुरामा फलेको स्याउँ धनगढीमा
बाजुराको अर्गानिक स्याउँ

धनगढी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा फलेको स्याउँ धनगढी पुगेको छ । “जसले एकपटक खायो, उसले स्वाद थाहा पायो” भन्ने नाराका साथ बाजुराको स्याउँ धनगढी पुगाइएको हो । स्थानीय कृषिले आफ्नै बारीमा फलाएको स्याउँ प्रदेशको अस्थायी राजधानी धनगढी पुगेको हो ।

सुदूरपश्चिममै फलेको अर्गानिक स्याउँ धनगढीका स्थानीयले अब प्रति किलो एक सय १० रुपैंयामा खाना पाउँने स्याउँ कृर्षक समन्वय समितीका अध्यक्ष मन बहादुर रोकायाले जानकारी दिए । उनले कठिन यात्राका बावजुद बाजुरामा फेलेको स्याउँ धनगढी पु¥याउन सफल भएको बताए ।

किसानहरुले मेहनतले फलाएको स्याउँ अघिल्लो बर्षको जस्तै यो बर्ष पनि धनगढीका नागरिकका लागि उपलब्ध गराएको उनले बताए । अध्यक्ष रोकायाले यो बर्ष थप ६० लाखका विरुवा रोप्न तयारी भएको बताए । स्याउँ जोनलाई सुपर जोनमा लिने र नागकिहरुलाई सस्तो र शुलभ मुल्यमा स्याउँ उपलब्ध गराउने आफ्नो योजना रहेको स्याउँ कृर्षक समन्वय समितीका अध्यक्ष रोकायाले जानकारी दिए ।

स्याउँ कृर्षक समन्वय समितिले प्याकिङ्ग र ग्रेडीङ्ग गरेर कृषकहरुलाई स्याउँको मुल्य बुझाउँछ । स्याउँ फल्ने स्थानिय तहका केन्द्रहरु समेत अहिले पनि सडक सञ्जालमा जोडिएका छैनन् । त्यस कारण बारीमा टीपेर कार्टुनमा प्याक गरीएको स्याउँ कोल्टीको एयरपोर्टसम्म बोकेर ल्याउँने गरिएको छ ।

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बाजुराको अर्गानिक स्याउँ धनगढी पुगेको बताउँदै सबै नागरिकहरुलाई किनेर प्रयोग गर्न आग्रह गरे । उनले अर्गानिक स्याउँले स्वास्थ्यलाई फाईदा गर्ने भएकाले यो स्याउँ धनगढी बासीलाई खान अपिल गरे ।

साथै मन्त्री शाहले बाजुराबाट धनगढी सम्म स्याउँ सहज रुपमा ढुवानी गर्ने बातावरण गर्ने बनाउने बताएका छन । जिल्लामा दुई सय ३० हेक्टर क्षेत्रफलमा स्याउँ खेती गरिएको छ । उक्त स्याउँ धनगढीको हिमाली होटल एण्ड लजमा चौराहबाट विक्रि वितरण भईरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार