SKIP THIS

S.P.A  Collage

पत्रकार निर्मला पहराइ मृत फेला

सञ्चारकर्मीको शव फेला

समाचार वाचीका निर्मला

कैलालीको घोडाघोडी नगरपालिकामा एक सञ्चारकर्मीको शव फेला परेको छ । स्थानीय रेडियो कैलाली एफएममा कार्यरत करिब २३ बर्सिया निर्मला पहराइ घोडाघोडी नगरपालिका ५ को जङ्गलमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।‘जङ्गलमा मृत शव फेला परेको छ,सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले भने,’घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’‘आफन्तका अनुसार पहराइ भाद्र ३१ गतेबाट सम्पर्क विहीन भएकी थिइन् ।

दुई दिन सम्म पनि सम्पर्कमा नआए पछि असोज १ गते मात्रै आफन्तहरूले प्रहरीमा खबर गरेका थिए ।इलका प्रहरी कार्यालय सुखडका प्रमुख बोहराले बिहीबार प्रहरीमा खबर आए लगत्तै खोजी कार्य सुरु भएको बताए ।खोजी गर्ने क्रममा आफन्त र प्रहरीको टोलीले उनको शव वडा नम्बर ५ को जङ्गलमा फेला पारेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पहराइ रेडियो कैलालीमा समाचार वाचीकाको रूपमा कार्यरत थिइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार