SKIP THIS

धनगढी उप-महानगरपालिका

संविधान दिवसको अवसरमा दार्चुला कारागारका एक जना कैदीलाई माफी

दार्चुला कारागारका एक जना कैदीलाई माफी

दार्चुला कारागार
दार्चुला कारागार

संविधान दिवसको अवसरमा जिल्ला कारागार दार्चुलामा कैद भुक्तान गरिरहेका नौगाड गाउँपालिका ६ धुलिगाडाका एक जना कैदीले माफी पाएका छन् । कर्तव्य ज्यान मुद्धामा ६ बर्ष पहिले जेल चलान गरिएका धुलिगाडाका आनसिह ठगुन्नाको बाँकी कैद मिनाहा गर्दै माफी दिइएको कारागार दार्चुलाका जेलर मानबहादुर खडायतले बताउनुभयो ।
गणतन्त्र दिवसको अवसरमा कारागार विभागले देशभरीबाट आधाभन्दा बढी सजाय भुक्तान गरिसकेका र माफी दिन मिल्ने कसुरअन्तरर्गत कारागार चलान भएका कैदीहरुको नामावली माग्ने गरेको छ ।
सोहि अनुसार ठगुन्नालाई कैद मिनाह गरिएको कारागार हो । कारागार दार्चुलाका अनुसार शुरुमा २० बर्ष कैद फैसला भएका ठगुन्नाको सर्बोच्च अदालतबाट कैद सजाय घटाएर १२ बर्ष कायम गरिएको थियो । ६ बर्ष ३ महिना ४ दिन कैद सजाय भुक्तान गरिसकेका ठगुन्नालाई ५ बर्ष ८ महिना २६ दिन कैद माफ गर्दै रिहा गरिएको जेलर खडायतले बताउनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा शनिबारदेखि लागू हुने गरी दार्चुलाका ठगुन्नालाई माफी पाएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार