कैलालीमा जबरजस्तीकरणी गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

बलात्कार गरेको आरोपमा अधिकृत पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलाली
जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढीः कैलालीमा जबरजस्तीकरणी गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ परेका छन्।

जिल्लाको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षीय महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले उपाध्यायलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जानकारी दिनुभयो।

महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले विभिन्न डर धम्की देखाएर बलात्कार गर्ने गरेको आरोप ती महिला कर्मचारीले लगाएकी छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार