सुदूरपश्चिममा आइतबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमीतको संख्या कति ?

संक्रमण पुष्टि भएका ५ हजार सात सय बढिले जिते कोरोना

धनगढी। सुदूरपश्चिममा आइतबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल, डडेल्धुरा अस्पताल र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४४ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप १६जनामा कोरोना पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ५ सय ८९ जनाको कोरोना परीक्षण भएकोमा थप १६ जनामा संक्रमण पुष्टी भएको हो ।
कैलालीका १३जना, कञ्चनपुरका दुई जना, र ठेगाना नखुलेका एकजना गरि १६ जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
संक्रमण पुष्टी हुनेमा धनगढी वडानम्वर १ का पाँच जना, वडानम्वर २का तीन जना, वडानम्वर ५र१३का समान एकरएक जनामा कोरोना पुष्टी भएको अस्पतालले जनाएको छ ।

कैलालीको टिकापुरका तीन जना, कञ्चनपुरको बेदकोटका(१का दुइ जना र ठेगाना नखुलेका एकजनामा संक्रमण पुष्टी भएको छ ।
उता डडेल्धुरामा भएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले पछिल्लो २४ घण्टामा एक सय ७७ जनाको परीक्षण गर्दा बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका ८(८ जना र छबिसथापाभारा गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
त्यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको छ। एक सय ३३ जनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ८ पुरुष र २ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार उनीहरु सबै अछामको रामारोशन गाउँपालिकाका हुन् ।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

पछिल्लो २४ घन्टामा गरीएको ६६ जनाको परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहले जानकारी दिए । दशरथचन्द नगरपालिका ४ का ४३ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको उनले बताए।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ८ सय १९ पुगेको छ भने संक्रमण पुष्टि भएका ५ हजार सात सय बढिले कोरोना जितेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार