देशभर २४ घण्टामा ११ सय ५४ संक्रमित थपिए, १६ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस

काठमाडौंः नेपालमा कोरोना भाइरस (कोभिड(१९) संक्रमणको ग्राफ बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार २७६ पुगेको छ।

कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ।

प्रवक्ता गौतमका अनुसार १७ हजार ६११ कोरोनाका सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन्।

२४ घण्टामा १ हजार ५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ। कोरोनाले २४ घण्टामा १६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार उपत्यकामा काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार