SKIP THIS

S.P.A  Collage

सोमबार सुदूरपश्चिमका ५३ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिममा सोमबार थप ५३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशलामा परिक्षण भएका ५२२ नमुनाहरुमध्ये ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३२ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा २० जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परिक्षणमा एकजना गरी ५३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टा परिक्षण भएका ३०८ नमुनाहरुमध्ये कैलाली कञ्चनपुर ३१ जना र बैतडीका एकजनामा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले १३ महिला र १९ जना पुरुषमा संक्रमण देखिएको बताए ।

उनले बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ का एकजना, धनगढी उपमहानगरपालिका वडा नम्बर १ का एकवजना, वडा नम्बर २ का दुईजना, वडा नम्बर ३ का ६ जना, वडा नम्बर १२ का दुईजना, वडा नम्बर १७ का दुईजना र वडा नम्बर १९ का एक जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

यस्तै घोडाघोडी नगरपालिका वडा नम्बर १ का ६ जना, भजनी नगरपालिका वडा नम्बर ३ का एकजना, गोदावरी नगरपालिकाका तीनजना र कैलारी गाउँपालिकाको वडा नम्बर १ का दुई जनामा संक्रमण पुष्टि भएको बताए ।

यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का एकजना, महाकाली नगरपालिका वडा नम्बर ६ का एकजना, पुनर्वास नगरपालिकाका दुईजना र बेदकोट नगरपालिका वडा नम्बर ५ का एकजना गरी थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका १०८ नमुनाहरुमध्ये २० जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनी गणेजुले बझाङका १६ जना र डडेल्धुराका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले डडेल्धुराको अजयमेरु गाउँपालिकाका ४ जना, बझाङको केदारस्युँ गाउँपालिकाका ४ जना, वित्थडचिर गाउँपालिकाका एकजना, मष्ठा गाउँपालिकाका तीन जना, जयपृथ्वी नगरपालिकाका ७ जना र छब्बिसपाथीभरा गाउँपालिकाका एक जनामा कोरोना पोजेटिभ देखिएको बताए ।

परिक्षण गरिएका अन्य ८८ नमुनाहरुको रिपोर्ट नेगेटिभ आएको छ । उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षणमा भएका १०६ नमुनाहरुमध्ये एकजनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक जनामा संक्रमण देखिएको बताए । उनले अछामको रामारोशन गाउँपालिकाका एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको बताए ।

पछिल्लो २४ अछामको रामारोशन गाउँपालिका, डोटीको आदर्श गाउँपालिका र दिपायल सिलगढी नगरपालिका डोटी लगायतका ठाउँबाट संकलन गरिएका नमुनाहरु परिक्षण गरिएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार