SKIP THIS

S.P.A  Collage

हेलिकप्टर मार्फत बझाङका दुई बिरामीको उद्धार

Helicoptor
फाइल तस्विर

बझाङः बझाङबाट दुई बिरामीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। दुर्गम स्थानीय तह साइपाल गाउँपालिकाका दुई बिरामीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।

साइपाल – ४ घर भएकी १९ वर्षीया सुनिता रोकाया सुत्केरी भएको नौ दिनसम्म पनि रक्तस्राव नरोकिएपछि जिल्ला बाहिर रिफर गरिएको र सोही ठाउँकी २५ वर्षीया चार महिनाकी गर्भवती लामु तामाङको उच्च रक्तस्राव हुन थालेपछि धुली आधारभूत स्वास्थ्य एकाइमा उपचार गर्दा ठीक नभएपछि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला अस्पतालका डा सन्दीप ओखेडाले बताए।

नौ दिनसम्म धुली आधारभूत स्वास्थ्य एकाइमा उपचार गर्दा रक्तस्राव नरोकिएपछि बाहिर पठाउनुपरेको जनाइएको छ। साइपाल गाउँपालिकामा अन्य यातायातका साधन नहँुदा उपचारमा समस्या तथा अकालमै ज्यानसमेत जाने गरेको छ। कतिपय बिरामीलाई हेलिकप्टरबाटै उद्धारसमेत गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार