SKIP THIS

S.P.A  Collage

अस्पतालमा उपचाररत क्याप्टेन लामाको सन्देशः ‘कोरोनालाई हल्का रुपमा नलिऔँ’ (भिडियो)

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना पुष्टि

वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना पुष्टि
वरिष्ठ क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गर्नुभएको छ । स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देशमार्फत सबैलाई सो आग्रह गर्नुभएको हो ।

क्याप्टेन लामाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भैरहेको जानकारी दिँदै कोरोना लाग्दैमा भने नआत्तिन आग्रह गर्नुभएको छ। उहाँले भिडियो सन्देशमा भन्नुर्भको छ, ‘मलाई कोरोनाले यति सिरियस पार्ला भन्ने लागेको थिएन तर चिकित्सकहरुको रिपोर्ट हेर्दा मेरो केस सिरियस रहेछ । म एकदमै कन्सेस भएको बेलामा त यति धेरै गाँजेको छ भने यसलाई सामान्य रुपमा लिने मेरो मित्रहरुलाई ख्याल ख्याल नगरिदिन आग्रह गर्दछु ।’

उहाँले जीवन रहे मात्र सबैथोक रहने भएकोले यस्तो केसलाई हल्का रुपमा लिन नहुने बताउनुभएका छ। क्याप्टेन लामाले आफु छिट्टै निको भएर विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने जानकारी दिनुभएको छ । उहाँले आफू स्वस्थ्य हुनुमा स्टारर अस्पतालका सम्पूर्ण चिकित्सक टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि हुनु भएका क्याप्टेन लामा होटल सोल्टीमा सेल्फ आइसोलेशनमा रहँदै आउनुभएको छ । रोगले बढी गाँज्न थालेपछि अहिले स्टार अस्पतालमा चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा रहनुभएको छ ।
क्याप्टेन लामाको भिडिययो संन्देश जस्ताको त्यस्तैः

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार