कोरोना नियन्त्रण तथा रोकथाममा संघिय सरकार र प्रदेश सरकार पूर्ण रुपमा असफल भयोः नेता महर

NainSinghMahar
युवा नेता नैनसिंह महर

धनगढीः नेपाली काङ्ग्रेस कोरोना अनुगमन समिति सदस्य एवं प्रभावशाली युवा नेता नैनसिंह महरले कोभिड १९ रोग नियन्त्रणमा संघिय सरकार र प्रदेश सरकार पूर्ण रुपमा असफल भएको बताउनुभएको छ । मंगलबार बोलन्या थलीको सेटमा बोल्दै युवानेता महरले नेपालमा कोरोना भित्रिएको करिब ६ महिना बितिसक्दा समेत सरकारले प्रतिपक्ष दल र जनताका कुरा नसुनेको अब सरकारको विरोधमा देशव्यापी संघर्ष गर्ने बताउनु भएको हो ।

कोरोना संक्रमणको सुरुको चरणमा प्रदेश सरकार र संघिय सरकारले गरेको अकर्मण्यका कारण कोरोना महामारी नियन्त्रण गर्न नसकेको बताउनु भयो । प्रदेशमा पाँच वटा पिसिआर मेसिन जडान भएपनी सरकारले कोरोना परिक्षणको दायरा अझै बढाउन सकेको छैन । कोरोनाका कारण बढदो बेरोजगारीसङ्गै आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन बढदै गएपनी सरकार भ्रष्टाचार लिप्त हुँदै गएको आरोप लगाएका छन् ।

युवा नेता महरले भ्रष्टाचारका लागि सरकार जुनसुकै कानुन परिमार्जन गर्न तयार रहेको बताउनु भयो। सर्बहाराको सरकार हो भन्नेले नै जनताका कुरा सुन्नै चाहदैन । शिक्षा,स्वास्थ्यमा लगानी बढाए देशमा समृद्धि, भ्रष्टाचारका गतिविधि न्युनिकरण हुने जोड दिनुभयो।

यस्तै पश्चिम सेती परियोजना निर्माणका लागि दबाब दिन जनप्रतिनिधिले हिम्मत गरे केही हप्ता मै सरकार बाध्य भएर प्ररियोजनाको काम अगाडि बढाउने बताए । ८८ वटै तहका मेयर, उपमेयर, प्रदेशका सांसद र संघिय सांसदले पश्चिम सेती अगाडि नबढाए सरकारबाट राजिनामा दिने हिम्मत गर्नु पर्नेमा जोड दिनु भयो । जनताले जति दबाद दिएपनी केही नहुने तर जनप्रतिनिधिले सरकारलाई दबाब दिए केही समय अघि बढ्ने बताउनु भयो ।

पश्चिम सेती निर्माण भए देश समृद्धिको ठूलो आधार हुने बताउनु भयो। बिकास गर्न यस्ता ठुला परियोजनामा सरकारले लगानी बढाउनु पर्छ । बिकासका कार्यमा राजनैतिक खिचातानी गर्न नहुने बताउनु भयो । राजनैतिक,प्रशासकीय र जनता बिचको हातेमालो भएर अघि बढे बिकासका कार्य सहज हुने युवानेता महरले बताउनु भयो । अहिलेसम्म पश्चिम सेती राजनैतिक दलले जनतालाई चुनाबका बेलामात्र बनाउन्छौ भनेर आश्वासन दिदै आएको अब जनप्रतिनिधिले हिम्मत गर्नु पर्ने नेता महरको भनाई छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार