SKIP THIS

S.P.A  Collage

चन्द्रायु हेल्थ सेन्टरले निशुल्क स्वास्थ्य सेवा दिदै

HealthCenter

धनगढीः धननढी-३ मित्रनगर स्थित चन्द्रयु हेल्थ सेन्टर ले निशुल्क स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ ।

कोरोना महामारीले सिर्जना गरेको लकडाउनको कारण मासिहरु बिरामी भएपनि सामान्य अवस्थामा भन्दा अहिले अस्पताल जान डराईरहेका कारण विरामीको सहजताको लागी चन्द्रायु हेल्थ सेन्टरले घरमा समस्यामा परेका विरामिहरुको लागी निशुल्क विशेसज्ञ डाक्टरद्धारा निशुल्क परामर्श सेवा सञ्चालन गरेको चन्द्रायु हेल्थ सेन्टरका सञ्चालक डा. सन्तोष सिंह थापाले जानकारी दिनुभयो ।

डा. थापाका अनुसार जसअन्तरगत चन्द्रायु हेल्थ सेन्टरले रक्तचाप जाँच, स्वास्थ्य जिवन परामर्श, स्वस्थ आहार परामर्श, औसधी होम डेलिभरी तथा अनलाईन मार्फत धनगढी लगाएतका जुनसुकै स्थानमा पनि विशेसज्ञ डाक्टर द्धारा परामर्श लगाएतका सेवाहरु निशुल्क दिईरहेको बताउनु भयो ।

त्यस्तै, हेल्थ सेन्टरमै आई उपचार गराउने विरामीलाई डाक्टर द्धारा परामर्स सेवामा र ल्याव शुल्कमा ५/५ प्रतिशत छुटको व्यवस्था गरीएको छ भने एकपटक नाम दर्ता गराई पुनः उपचार गराउन आउने विरामीहरुलाई सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरीएको डा. थापाले बताउनु भयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार