पुर्चौडी ४ का ८ सहित बैतडीका १० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या कति ?

पुर्चौडी ४ का ८ सहित बैतडीका १० जनामा कोरोना पुष्टि
सांकेतिक तस्विर

बैतडीः बिहिबार (आज) डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा पुर्चौडी नगरपालिकाका वडा नं. २ महादेवस्थानका १ जना, वडा नं. ४ भटनाका ८ जना र पाटन नगरपालिकाका १ जना रहेका छन् । संक्रमण पुष्टि हुने सबै भारतबाट भारतबाट फर्किएका बताईएको छ । पुष्टि हुनेमध्ये पुर्चौडीका सबै होम आइसोलेसन र पाटनका संस्थागत आइसोलेसनमा रहेका जनाइएको छ । आज थप १० जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा कोरोना संक्रमितको संख्या ४ सय पुगेको छ । जसमध्ये २३ जनामात्रै सक्रिय संक्रमित रहेका बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

४ सय जनामध्ये सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकाका ६० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै दशरथचन्द नगरपालिकाका ५४, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, पाटन नगरपालिकाका ४७ ,दोगडाकेदार गाउँपालिकाका ४६ जनामा संक्रमण पुष्टि भईसकेको छ ।
्त्यस्तै मेलौली नगरपालिकाका ३४, सुर्नया गाउँपालिकाका २९, पुर्चौंडी नगरपालिकाका १९ र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा गत जेठ ९ गते पहिलोपटक एक युवकमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार