पुन: लकडाउन गरेअवज्ञा गर्ने कैलालीका व्यवसायीहरुको घोषणा

लकडाउन

धनगढीः सरकारले पुन लकडाउन गरेमा अवज्ञा गर्ने कैलालीका व्यवसायीहरुको घोषणा गरेका छन् । स्वास्थ्य मन्त्रालयले २५ हजार बढी सक्रिय कोरोना संक्रमित पुगेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

तर उक्त सिफारिस माथि मन्त्रीपरिषद्को बैठकमा छलफल हुन भने बाँकी रहेको छ । बिहिवार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै उद्योग बाणिज्य संघ कैलालीले पुनः लकडाउन गरिए अवज्ञा गर्ने घोषणा गरेका हुन । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यापार व्यवसाय सञ्चालन गर्ने उनीहरुले बताएका छन् ।

यसैगरि भारतीय कामदारलाई सीमा प्रवेशको अनुमति दिनुपर्ने समेत माग गरिएको छ । उद्योग वाणिज्य संघले सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै भारतीय दक्ष कामदार लकडाउनपछि भातरत गएकाले उनीहरुले सीमा प्रवेशको अनुमति पाउनुपर्ने माग गरेको छ।

यस्तै भारतबाट दैनिक मालसामान आयात गर्न बिहान १० देखि साझ ५ बजेसम्मका लागि मात्र सीमा खोलिएकाले त्यो झन्झटिलो भएको व्यापारीहरुको गुनासो छ। उनीहरुले बिहान ६ देखि राती ८ बजे सम्म सीमा नाकाबाट मालसमान ल्याउन पाउँनुपर्ने माग गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार