धनगढीकी ‘हाईडाटिक’ पिडित बालीकाको उपचारका लागी सहयोगको अपिल

Hydatid Cyst
बिरामी बालीका

धनगढीः कैलालीको धनगढी उप-महानगरपालिकाका ईन्द्र ब. जैरुकी १६ बर्षीय छोरी रोजिना जैरु ‘हाईडाटिक’ बाट पिडित भएको हुदा रोजिनाको उपचारका लागी सहयोगको अपिल गरेका छन् ।
विगत लामो समयदेखी पेटमा, कलेजोमा जुगा र जुगाको अण्डा देखापरेका कारण पीडित बनेकी रोजिनाकोे उपचारमा समस्या देखिएको छ । बिगत केहि साता यता मायामेट्रो अस्पताल धनगढीमा उपचाररथ रोजिनाको स्वास्थ्यमा सुधार नआएको र मायामेट्रो अस्पतालले थप उपचार तथा अपरेसनका लागी विर अस्पताल काठमाडौं रेफर गरेको छ ।
रेफर गर्दा अस्पतालले १४ दिन भित्र अपरेसन गरीसक्नुपर्ने सुझाएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाकारण छोटो समयमा अपरेसनको लागी समस्या आए पछि जैरु परिवारले सहयोगको अपिल गरेका छन ।
लामो समयदेखी पेटमा, कलेजोमा जुगा र जुगाको अण्डा देखापरे पछि रोजिनाको शारीरीक अवस्था कमजोर हुदै गएकोे छ । लामो समय सम्म उपचार गर्दा आर्थिक रुपमा समेत समस्या भएको परीवार श्रोतले जाएको छ ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा आर्थिक समस्या देखिएपछि केही रकम संकलन गरी उनको उपचारमा सहयोग गरिदिन जैरु परिवारले आग्रह गरेको छ । उनको उपचारमा सहयोग गर्न रुपेश जैरुकोे नाममा रहेको ग्लोबल आईएमई बैकंको खाता नम्बर २४०७०१०००८८५० सक्दो रकम सहयोगको लागी अपिल गरीएको छ । भने थप जानकरी तथा सहयोग को लागी ९८६६२२६९२४ मा सम्पर्क गर्न समेत अनुरोध गरीएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार