SKIP THIS

S.P.A  Collage

छाङरुको गागामा सशस्त्र प्रहरीको गुल्म सिलन्याशका लागि गृहमन्त्री थापाको टोली ब्याँस प्रस्थान

गृहमन्त्री थापा कालापानी क्षेत्रमा
प्रतिकारात्मक तस्बिर फाइल

दार्चुलाः संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाको टोली ब्याँसको छाङरु प्रस्थान गरेको छ । ब्याँस गाउँपालिका वडा नम्बर १ छाङरुको गागामा सशस्त्र प्रहरीको गुल्म सिलन्याशका लागि गृहमन्त्रीको टोली त्यसतर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।

भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र पर्ने ब्याँस क्षेत्रमा पछिल्लो समय नेपाल सरकारले सुरक्षा उपस्थिति बढाउदै गएको छ । बैशाख ३१ गते पहिलो पटक छाङरुमा सशस्त्रको बिओपी स्थापना गरिएको थियो भने पाँच महिना नबित्दै सशस्त्र प्रहरीकोे गुल्म राख्ने तयारी गरिएको हो । सीमा क्षेत्रमामा निगरानीका लागि छाङरु पश्चात् दुम्लिङ, जौलजीवि र लालीमा पनि सशस्त्रको बिओपी स्थापना गरिएको छ । सदरमुकाम खलंगामा सशस्त्रको गण स्थापना गरि छाङरुको गागामा गुल्म स्थापना गर्न लागिएको हो ।

गुल्म सिलन्याशका लागि नेपाल सरकारका गृहमन्त्रीको टोली नेपाली सेनाको हेलिकप्टर मार्फत् ब्याँस प्रस्थान गरेको छ । करिब १२ बजे खलंगा अवतरण भएको गृहमन्त्री थापाको टोलीले जिल्ला सुरक्षा समितिसंग छलफल गरेर साढे १२ बजे ब्याँस प्रस्थान गरेको छ ।

गृहमन्त्री थापाको टोलीमा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्ना, राजनीतिक सल्लाहाकार सुर्य सुवेदी, सुरक्षा सल्लाहाकार इन्द्रजीत राई, गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे लगायत सहभागि रहेका छन् ।
गुल्म सिलन्यास गर्न आएका गृहमन्त्रीको टोली शुक्रबार जिल्लामै बस्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार