बैतडीको पुर्चौंडी वडा नं. ४ सिल, संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब कोरोना परीक्षणका लागि पठाईयो

एकै वडाका ९ जनामा कोरोना पुष्टि भएपछि बैतडीको पुर्चौंडी वडा नं. ४ सिल

कोरोना पुष्टि
सांकेतिक तस्विर

बैतडीः बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ४ लाई सिल गरिएको छ । एकै वडाका ९ जनामा बिहीबार कोरोना पुष्टि भएपछि वडा सिल गर्ने निर्णय भएको हो । संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरिएको र कोरोना परीक्षणका लागि पठाइएको बताइएको छ ।

भारतबाट फर्केकाहरुमा कोरोनाको पुष्टि भएको र उनीहरु होम आइसोलेसनमा बसीरहेकाले उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरिएको पुर्चौंडी नगरपालिकाले जनाएको छ । यस्तै पुर्चौंडी नगरपालिका वडा नं ५ को कार्यालयले पनि एक सूचना प्रकाशन गर्दै वडा नं ४ का ९ जनामा संक्रमण देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

वडा नम्बर ४ सील गरिएकाले सो वडामा अनावश्यक रुपमा हिडडुल नगर्न समेत वडाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार