कोरोना संक्रमणका कारण एक पुरुषको ज्यान गएपछि बैतडीको पुर्चौडी नगरपालिका सिल

अर्को सुचना जारी नभए सम्मका लागी बैतडीको पुर्चौडी नगरपालिका सिल

बैतडी: बैतडीको पुर्चौडी नगरपालिका अनिश्चितकालका लागि सिल गरिएको छ । कोरोना संक्रमणका कारण एक जना पुरुषको मृत्यु भएपछि नगरपालिका सिल गरिएको हो ।

नगरपालिकामा बसेको आकस्मिक बैठकले नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो । नगर उपप्रमुख जानकी ऐर (बम) को अध्यक्षतामा बसेको आकस्मिक बैठकले आइतबारदेखि नै स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि सिल गर्ने निर्णय गरेको हो ।

भारतको बैंग्लोरबाट फर्किएका पुर्चौडी नगरपालिका-३ का ३० बर्षीय पुरुषको गत शुक्रबार बाटोमै मृत फेला परेका थिए । मृत भेट्टिएका ती पुरुषको शनिबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएकाहरूको कन्ट्याक ट्रेसिङ गरि स्वाब संकलन गरी परीक्षण गर्ने निर्णय पनि भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार