‘देशभक्त युवा नेपाल’ सुदूरपश्चिम प्रदेश कमिटीले पायो पुर्णता

Sudurpaschim

धनगढी। सुदूरपश्चिम प्रदेश देशभक्त युवा नेपालको प्रदेश कमिटिले पुर्णता पाएको छ। केन्द्रीय कमिटि एवम सरोकारवाला अभियान्ताहरुको छलफल बाट सुदूरपश्चिम प्रदेशमा पनि स्वतन्त्र युवाको संस्था देशभक्त युवा नेपालको कार्य समिति गठन गरिएको हो।
समावेशि ढङ्गबाट देशभरका युवालाइ सहभागी गराएर देश र समाजका लागि फरक धारले समाज निर्माणमा कटिबद्ध रहने उद्देश्य बोकेको यस अभियानमा सुदुरपश्चिम प्रदेशबाट कार्य समितिमा अध्यक्ष अर्जुन लुहार, अन्य पदाधिकारी क्रमश: उपाध्यक्ष कोपिला थापा, कोषाध्यक्ष दुर्गा बडवाल, सचिब राजन जैगडी, सह-सचिव मनोज चन्द, सदस्यहरुमा नरेश बोहरा, अर्जुन बोहरा, लिलावती बोहरा, र कमलेश बोहरा चयन भएका हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार