रोयल कोल्याब्रेटिभ्सको दशैं उपहारः आमालाई नाना र परीवारलाई खाना अभियान सञ्चालनमा

RoyalColaberitivs

धनगढीः आर्थिक रुपमा पछाडी परेकाहरुलाई दशैंका लागि रोयल कोल्याब्रेटिभ्सले आवश्यक सामाग्रीहरु उपहार दिने अभियानको थालनी गरेको छ । विभिन्न सामाजिक कामहरुमा अग्रसर हुदैं आएको रोयल कोल्याब्रेटिभ्सले विपन्न वर्गहरुलाई दशैंको उपहार दिन लागेको हो । रोयल कोल्याब्रेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीका अनुसार दशैंको उपहार प्याकिङ गरेर घर घरमा पुर्याउन थालिएको छ ।
रोयल कोलाबोरेटिभ्सको काठमाडौंमा २२ दिन सम्मको निशुल्क खाना पानी अभियान र आसपासका जिल्लामा राहत वितरण सकेर सुदूरपश्चिम प्रवेश गरेसंगै कोरोना संक्रमण र नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै धनगढीका अति विपन्न वस्तीमा राहत खाद्यान्न वितरण अभियान थालेको अध्यक्ष शाहीले बताए ।
दशैंका लागि २० किलो चामल, ५ किलो दाल, चिनी, चियापत्ती, तेल, साबुन, सोयाबिन, धोती, नयाँ लुगा लगायतका सामाग्रीहरु वितरण भईरहेको हो । दशैंको दिन सम्भव भएमा मासु पनि दिने योजना बनाईएको छ । २२ दिनसम्म काठमाण्डौंमा खाना खुवाएको रोयल कोल्याब्रेटिभ्सले धनगढी उपहारनगरपालिका क्षेत्रका विभिन्न वडाहरुमा रहेकाहरुलाई सहयोग गरिरहेको हो । यसअघि रोयल कोल्याब्रेटिभ्सले गौरीफन्टा त्रिनगर नाकामा पनि खाना खुवाएको थियो ।
सवै वडाहरुमा सञ्चालन गरिने आमालाई नाना र परीवारलाई खाना अभियान वडा नम्बर १ देखि सुरु गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार