सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनगढीका थप १८ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनगढीका थप १८ जनामा कोरोना पुष्टि

धनगढी
धनगढी

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आज १८ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सबैभन्दा बढी वडा नम्बर ६ का ९ जना, वडा नम्बर १ का ५ जना, वडा नम्बर ३ का २ जना र वडा नम्बर २ र ४ का एकरएक जनामा संक्रमण पुष्टि भएको छ।

योसंगै धनगढीमा संक्रमितको संख्या ६ सय २ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार