सुदूरपश्चिममा थप १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लाका कति ?

SudurCorona

धनगढी। सुदूरपश्चिममा थप १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, बझाङ अस्पताल र डोटी जिल्ला अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय २७ जनाको कोरोना परीक्षण भएकोमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३५० नमुनाहरु मध्ये १८४ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले ३८ महिला र १४६ जना पुरुष गरी १८४ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।

उनले धनगढी उपमहानगरपालिकाका ९० जना, टीकापुर नगरपालिकाका ३ जना, भजनी नगरपालिकाका १६ जना, गोदावरी नगरपालिकाका १८ जना, गौरीगंगा नगरपालिकाका १४ जना, घोडाघोडी नगरपालिकाका ९ जना, लम्की चुहा नगरपालिकाका २ जना र स्थानीय तह नखुलेका कैलालीका ४ जनामा कोरोना पुष्टि भएको बताउनु भयो । यस्तै अछामको मेल्लेख गाउँपालिकाका एकजना, बैतडीको पञ्चश्वर नगरपालिकाका एकजना, बझाङको जयपृथ्वी नगरपालिकाका १ जना, खप्तडछान्ना गाउँपालिकाका १ जना, वित्थडरचिर गाउँपालिकाका १ जना र बर्दियाका १ जनामा पनि कोरोना पुष्टि भएको उनले बताए ।

यसैगरी डडेल्धुराका एकजना, कञ्चनपुरको पुनर्वासका तीन जना, बेदकोट नगरपालिकाका चारजना, कृष्णपुर नगरपालिकाका दुईजना, शुक्लाफाटा नगरपालिकाका एकजना र भिमदत्त नगरपालिकाका ११ जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको छ । ५६ जनाको कोरोना परीक्षण भएकोमा ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ पुरुष, बोगटान फुडसिल गाउँपालिकाका २ पुरुष, शिखर नगरपालिका र केआइ सिह गाउँपालिकाका एक÷ एक जना पुरुषमा संक्रमण देखिएको बताए । यस्तै अछामको जयगढ बान्निगढी गाउँपालिकाका दुई जना पुरुषमा कोरोना पुष्टि भएको प्रयोगशाला श्रेष्ठले बताए ।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३९ जनाको कोरोना परीक्षण भएकोमा डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनि गणेजुकाले डडेल्धुराको नबदुर्गा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको बताए । यस्तै जिल्ला अस्पताल बझाङमा पछिल्लो २४ घण्टामा एक सय २७ जनाको स्वाब परीक्षण भएकोमा एक नयाँ संक्रमित थपिएका छन । बुधबार संक्रमण पुष्टि हुनेमा खप्तड छान्न गाउँपालिका–५ का पुरुष रहेका छन । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय ४९ पुगेको छ भने संक्रमण पुष्टि भएका झण्डै ५ हजार ९ सय जनाले कोरोना जितेका छन । कोरोना पुष्टि भएका २१ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार