नेपाली सेनामा भर्ना खुल्यो !

नेपाली सेना
नेपाली सेना

काठमाण्डौं । कोरोना महामारीका कारण रोकिएका सुरक्षा निकायका रिक्त पदहरुमा धमाधम भर्ना प्रक्रियाहरु शुरु भएका छन् । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले कोरोना भाइरसका कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको जनाएको छ ।

निर्देशनालयले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सुचारु गरिएको जानकारी दिएको हो । यस्तै भर्ना छनौट सम्बन्धी विस्तृत जानकारी सेनाको वेबसाइटका साथै सेनाकै मोबाइल एप्स ‘नेपाली आर्मी’ मा हेर्न सकिने छ ।

सेनाले थप जानकारी लिनु परेमा भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागको सम्पर्क नम्बर ४२४६९५० वा मोबाइल नम्बर ९८६३०३१५६१ मा सम्पर्क गर्न समेत सूचित गरेको छ ।

यसअघि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा रोकिएको भर्ना प्रक्रिया शुरु गर्न सरकारले निर्देशन दिएको थियो । सरकारको निर्देशनपछि प्रहरीमा जवानको अन्तरवार्ता धमाधम चलिरहेको छ भने सशस्त्र प्रहरीले भर्नाका लागि सूचना निकाल्ने तयारी गरेको जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार