कैलालीमा ट्राफिक प्रहरी प्रमुखको आगमन, निरिक्षक बोहराको भव्य स्वागत (फोटो समाचार)

प्रहरी निरिक्षक विरेन्द्र बहादुर बोहराको भव्य स्वागत

धनगढीः  जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा प्रमुख तथा प्रहरी निरीक्षकको रुपमा विरेन्द्र बहादुर बोहराको आगमन भएको छ । उहाँको जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट ट्राफिक प्रहरी कार्यालय धनगढीमा सरुवा भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको १४ महिने कार्यकाल पछि माहानगरिय ट्राफिक महाशाखा रामशाहपथ काठमाडौँमा सरुवा भएसंगै बोहरा धनगढी आउनु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीमा निरीक्षक बोहराको आगमन संगै विना लाइसेन्स अटो रिक्सा सञ्चालन, सडकमा क्षमता भन्दा बढी सवारी साधन चल्नु, भित्री सडक बाटाहरूको कम प्रयोग हुनु, ठुला घरमा पार्किङको व्यवस्था नहुनु, ट्राफिक नियम सम्बन्धी ज्ञान नहुनु र हुनेले पालना नगर्नु लगाएतका ट्राफिक व्यवस्थापनका समस्या हरुको समाधान हुने विश्वास गरीएको छ ।

निरीक्षक बोहरालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीमा फुलमाला, खादा सहीत भव्य स्वागत गरीएको छ । निरीक्षक बोहरालाई गरीएको स्वागत हेरौं तस्विरमा…..!

प्रहरी निरिक्षक विरेन्द्र बहादुर बोहराको भव्य स्वागत

प्रहरी निरिक्षक विरेन्द्र बहादुर बोहराको भव्य स्वागत

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार