‘अव्यवस्थीत सवारी पार्किङ् को व्यवस्थापन र उपमहानगर भित्र सिसी टिभी जडान गर्ने कार्य प्राथमिकतामा राखेका छौं’: निरिक्षक बोहरा

निरिक्षक बोहरा

धनगढीः जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक विरेन्द्र बहादुर बोहराले जिल्ला भित्र रहेको अव्यवस्थीत पार्किङ् र उपमहानगर भित्र सिसी टिभी जडान गरी सुरक्षित धनगढी बनाउनमा ट्राफिक प्रहरी कटिबद्ध रहनेछ बताउनुभएको छ ।
ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यभार सम्हालेको दोस्रोदिन शुक्रवार प्रत्रकारहरु संगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उहाँले कैलाली जिल्लाभित्र हुने गरेको अव्यवस्थीत सवारी पार्किङ् व्यवस्थापन तथा कम्तीमा पनि धनगढी उपमहानगरपालिका भित्र सिसी टिभी जडान गरी सुरक्षित धनगढी बनाउन र कैलालीमा सुरक्षित यात्रा तथा व्यवस्थित सहरीकरणको लागी ट्राफिक प्रहरीले गर्नुपर्ने जिम्मेवारीमा कटिबद्ध भएर काम गर्ने बताउनु भएको हो ।

उहाँले लामो दुरीको सवारी साधनमा २ जना चालक अनिवार्य गर्ने र फिल्ड भिजिट गरेर अव्यवस्थित पार्किङ तथा धनगढी बजार क्षेत्रका ई-रिक्साहरु लाई व्यवस्थापन गर्ने योजना प्राथमिकतामा राखेको बताउँदै दशैं, तिहार र छठ लाई मध्यनजर गर्दै कोभिड– १९ को सुरक्षा मापदण्डलाई कडाईका साथ लागु गर्ने जानकारी दिनुभयो।
त्यस्तै उहाँले निर्धारित भाडादर कायम गराउने र पेसेन्जर ओभर लोड गर्ने सवारीलाई कानुन बमोजिम कारवाही गर्ने बताउनुभएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार