नेपालका कान्छा अभियन्ता खनाल भारतमा ‘युथ आइकन अवार्ड’ द्वारा सम्मानित

युथ आइकन

काठमाडौं –  नेपालका कान्छा सामाजिक अभियन्ता केपी खनाललाई महात्मा गान्धीको १५१ औं जन्म जयन्तीका अवसरमा  युथ आइकन अवार्डले सम्मान गरिएको छ ।

शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा उनलाई युथ आइकन अवार्डबाट सम्मान गरिएको हो ।

खनाललाई समाजमा उदाहरणीय कार्य गरेको भन्दै फाउन्डेसनले सम्मान गरेको हो ।

खनालले सानै उमेरमा संघीय राजधानी काठमाडौंसहितका विभिन्‍न जिल्लामा स्वच्छता र सरसफाइ अभियान चलाइरहेका छन् ।

उनले असहाय र गरीबलाई पनि सहयोग गर्दै आइरहेका छन् । त्यस्तै उनले सामाजिक अभियान चलाएर बाजुरामा अनाथाश्रम निर्माण गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार