‘सरकारको चाकरी गरेर अन्यायका आवाज रोकिदैनन्’: सांसद जोशी

सांसद पूर्णा जोशी
सांसद पूर्णा जोशी

धनगढी: सुदूरपश्चिम प्रदेश सांसद पूर्णा जोशीले सरकारको चाकरी गरेर अन्यायका आवाज नरोकिने बताएकी छन् । आईतबार बोलन्या थलीको सेटमा सम्झनाको सम्झनामा बिषयमा बोल्दै प्रदेश सांसद जोशीले सरकारले गरेको गलत कामको बिरोध गरिने सरकारको चाकरी गरेर बस्न नसकिने बताएकी हुन् ।

उनले महिलामाथि धेरै जसो हिंसाका घटना पितृसत्ताका कारणले बलात्कारका घटना घटदै गएको बताईन् ।अपराधी कसैको छोरा, कसैको पार्टि नहुने र अपराधिलाई उम्किन दिन नहुने बताईन । धेरै बलात्कारका घटना आफ्न्तबाट हुने गरेको र यस्ता घटना न्यनिकरणका लागी घरबाटै प्रतिकार गर्नु पर्ने जोड दिईन् । अन्याय सहनु नै अपराध भएकोले अन्यायमा परेको थाहा पाए प्रतिकारमा उठनु पर्ने बताईन ।

महिलामाथि भएका बलात्कार र हत्याका घटनामा समाज,युवा,राजनितिकर्मी एक जुट हुनुपर्ने र यस्ता घटना बारे परिवारमा सम्वादको खाँचो भएको जोड दिईन् । अहिले हरेक बलात्कारी र हत्यारालाई कहीँ न कहीँबाट संरक्षण छ र घरघरमा हुने अपराध अझ डरलाग्दो हुन्छ । बाहिर ल्याउँदा समस्या हुने धेरैको मनसाय भएकाले यौन हिंसा र बलात्कारका घटना भित्रभित्रै मिलापत्र गरिने गरिन्छ । दोषिलाई कुनै पनि बहानामा छुटकरा पाउन नहेुने बताईन ।

कार्यक्रममा सहभागीहरुले महिला र बालीकामाथी हुने बलात्कारका घटना न्युनिकरणका लागी जनप्रतिनिधीको भुमीका र अधिकारकर्मीको पहलका बारेमा जिज्ञासा राखेका थिए । बझाङको मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको असोज ७ गते बलात्कारपछि हत्या गरिएको थियो । बलात्कारपछि हत्या गर्ने बझाङ मष्टा गाउँपालिका २ का २० वर्षीय राजेन्द्र बोहोरा पक्राउ परि सकेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार