आईतवार मात्रै धनगढीका २५ जनामा कोरोना संक्रमण पुष्टि, कुन वडाका कति ?

८० प्रतिशत संक्रमितको छैन्बा ह्य ट्राभल हिस्ट्री !

धनगढी
धनगढी

धनगढी: धनगढीमा आईतवार २५ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ६ जना, वडा नम्वर २ का सात जना र वडा नम्वर ३ का दुई जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार धनगढी उप–महानगरपालिका ४ रर ५ का एकरएक जना, वडा नम्वर ७ का दुई जनावडा नम्वर १५ का चार जना र वडा नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ।

योसंगै धनगढीमा संक्रमितको संख्या सात सय ९३ पुगेको छ। एक सय ८२ महिला र तीन सय ५५ पुरुष गरी पाँच सय ३७ जनाले कोरोना जितेका छन्। संक्रमण पुष्टि भएका चार जनाको मृत्यु भएको छ। अहिलेसम्म संक्रमण पुष्टि भएका मध्ये ८० प्रतिशत संक्रमितको बाह्य ट्राभल हिस्ट्री छैन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार