जनस्वास्थ्यको मापदण्ड उल्लंघन गरे दण्ड जरिवाना हुन्छ, जहाँ छौँ त्यही बसेर दशैँ मनाऔँः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कम गर्न आफू जहाँ हो त्यहि बसेर दशैँ मनाउनको लागि आग्रह गरेको छ ।

नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जहाँ छौँ त्यहि बसेर दशैँ मनाउने व्यवस्था गर्नको लागि समन्वय गर्नका लागि सन्देश प्रवाह गर्ने भन्ने निर्णय भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको इन्सिडेण्ट कमाण्ड सिस्टमका पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै सबै किसिमका गोष्टी, सेमिनार तथा बैठकहरु नगर्ने र नगराउने व्यवस्था गर्ने निर्णय भएको समेत उनले बताए ।

साथै जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्नेहरुलाई दण्ड जरिवाना गर्ने गरी जरिवानाको दररेट निर्धारण गरी स्वीकृतीको लागि प्रस्ताव पेश गर्न लागिएको पनि उनले बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार