कैलालीका प्रहरी प्रमुख जबरालाई कोरोना संक्रमण भएपछी ?

कैलाली प्रहरी प्रमुख जबरा
कैलाली प्रहरी प्रमुख जबरा

धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक अनुपम शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एसपी जबरालाई मंगलवार कोरोना पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए। प्रहरी वरिष्ठ उपरिक्षक सिंहका अनुसार संक्रमण पुष्टि भएपछि उनी कार्यालयको आईसोलेसनमा बसेका छन्।

उनीसंगै चार जना प्रहरी कर्मचारीलाई मंगलवार संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार