बुधबार मात्रै सुदूरपश्चिममा थप ११९ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

SudurCorona

धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार थप ११९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा परिक्षण गरिएका ६२२ नमुनाहरुमध्ये एक सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ६९ जना, जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशालामा ४८ जना र जिल्ला अस्पताल बझाङको प्रयोगशालामा गरिएको परिक्षणमा दुईजना गरी एक सय १९ जनामा संक्रमण देखिएको हो । यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ४९६ नमुनाहरुमध्ये ६९ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले ७ महिला र ६२ जना पुरुष गरी ६९ जनामा कोरोना देखिएको जानकारी दिए । उनले धनगढी उपमहानगरपालिकाका ४१ जना, टीकापुर नगरपालिकाका १० जना, भजनी नगरपालिकाका एकजना र गोदावरी नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिकाका ६ जना, पुनर्वास नगरपालिकाका ८ जना र बेलौरी नगरपालिकाका एकजनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । यसैगरी जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १०८ नमुनाहरुमध्ये ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालका अनुसार दार्जुलाका ४६ जना र डोटीका दुई जनामा संक्रमण देखिएको हो । उनले दार्चुलाको महाकाली नगरपालिकाका ४६ जना र डोटी दुईजनामा कोरोना पोजेटिभ देखिएको बताए । परिक्षण गरिएका अन्य ६० जनाको नतिजा नेगेटिभ आएको छ ।

यस्तै जिल्ला अस्पताल बझाङको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको छ। प्रयोगशालाले दिएको जानकारी अनुसार उनीहरु दुबैजना थलरा गाउँपालिकाका हुन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार