बैतडीको पञ्चेश्वरमा जीप दुर्घटनामा परि १२ जना घाइते, उपचारका लागि डडेल्धुरा अस्पताल रेफर

बैतडीमा जिप दुर्घटना
दुर्घटनाग्रस्त जिप

बैतडीको पञ्चेश्वर गाँउपालिकामा जीप दुर्घटना परि १२ जना घाइते भएका छन् । घाइतेहरु उद्धारपछि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।
शुक्रबार बिहान १०ः२० पञ्चेश्वर गाउँपालिका–४ आमचौराबाट कुलाउका लागि छुटेकोे से १ ज ८८८ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो । जीपमा गाउँपालिका कर्मचारीसहित १२ जना सवार रहेका थिए । घाईतेको अवस्था खतरामुक्त रहेको स्थानीय कुलाउ स्वास्थ्य चौकीले जानकारी दिएको छ ।
डडेल्धुरा रेफर गरिएका घाइतेमा पञ्चेश्वर गाउँपालिका –४, आमचौरा बस्ने वर्ष ४५ का बलवीर सार्की (कान र खुट्टामा चोट) वर्ष ४० का मदन सार्की(मुखमा चोट) वर्ष २८ का प्रेम सार्की (टाउकोमा चोट) वर्ष ६२ का बहादुर राम सार्की ( हातमा चोट) वर्ष २६ का अर्जुन सार्की( आँखामा चोट) वर्ष ६६ का रामी राम सार्की (दुईटै खुट्टामा चोट) वर्ष २८ का राजेन्द्र सार्की(बाँया हात र कम्मरमा चोट) वर्ष २७ को राईजन राम सार्की( हात र आंखामा चोट) वर्ष ३१ को सुरेश राम सार्की(हात र कम्मरमा चोट) वर्ष २८ को सुरेश सार्की( कम्मरमा चोट) लोगेको प्रहरीले जानकारी दिएको छ ।
घाईतेहरूलाई घट्नास्थलबाट उद्धार गरी सबैको स्थानीय स्वास्थ्य चौकी आमचौरामा सामान्य उपचार पश्चात थप उपचारका लागि शुक्रबार १२ः०० बजे डडेल्धुरा अस्पताल रेफर गरेको प्रहरीले जानकारी दिएको छ । घाइते सबै खतरामुक्त रहेको स्थानीय स्वास्थ्य चौकीले जानकारी दिएको छ ।
दुर्घटना भएको सडक गाउँपालिकाले एक वर्षअघि निर्माण गरेको थियो । ग्रामीण सडकमा यातायात सञ्चालन गर्ने कानुनी रुपमा अनुमति दिईएको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार