न्वाउदेउ स्वास्थ्यचौकी सहीत बैतडीका ६ स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती हुदै

न्वाउदेउ स्वास्थ्यचौकी
न्वाउदेउ स्वास्थ्यचौकी

बैतडीः बैतडीका ६ ओटा स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नती गरिने भएको छ । संघीय सरकारले जिल्लाका ६ ओटा स्वासथ्यचौकीलाई १५ शैइया र १० शैइयाको अस्पतालमा स्तरोन्नती गर्नका लागि बजेट विनियोजन गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । पुचौंडी नगरपालिका वडा नं ३ स्थित न्वाउदेउ स्वास्थ्यचौकीलाई १५ शैइयाको अस्पतालमा स्तरोन्ती गरिने भएको छ ।

यसका लागि संघीय सरकारले १ करोड बजेट विनियोजन गरेर पुर्चौंडी नगरपालिकाको खातामा पठाएको छ । यस्तै सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकी, डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्यचौकी, दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्यचौकी, शिवनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्यचौकी र पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्यचौकीलाई १० शैइयाको अस्पतालमा स्तरोन्नती गरिने बताइएको छ । यसका लागि सम्बन्धित स्थानीय तहमा ८५ लाखका दरले बजेट पठाइएको जनाइएको छ ।

स्थानीय स्तरमै अस्पतालको सेवा प्राप्तिमा सहज होस भनेर स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नती गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यचौकीहरुलाई अस्पातलमा स्तरोन्नती गर्ने कार्य यसै बर्षबाट शुरु हुने जनाइएको छ । सम्बन्धित स्थानीय तहहरुले स्वास्थ्यचौकीहरुलाई अस्पतालमा स्तरोन्नती गर्ने कार्य अगाडि बढाउनेछन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार