टिभिएसद्धारा दशैँको आशाका दोस्रो बिजेतालाई पुरस्कार हस्तान्तरण, हरेक साता बाइक जित्ने अवसर

Tvs-Apachee
बिजेतालाई पुरस्कार हस्तान्तरण

धनगढी: ‘टिभिएस दशैंको आशा योजना’का दोस्रो साताका विजेता दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ कि हेमलता ठगुना लाई ‘आरआर ३१०’ सिसि बाइक धनगढीमा रहेको वागेश्वरी अटोमोटिभ्सले आज प्रदान गरेको छ । पहिलो सातालक्की ड्रमा मार्फत काठमाण्डौ बालुजाका अमितजंग सिटौलालाई वाइक पदान गरिएको थियो । सो वाइकको बजार मुल्य ७ लाख ७९ हजार ९ सय रुपैया रहेको छ ।
बिजेता हेमलता ठगुनाले टिभिएसको स्कुटी किनेकी थिइन् । लक्की ड्रमामा आफुलाई विश्वास नभएपनि उपहार पाउँदा खुशीको सिमा नरहेको उनले बताइन् । जिन्दगीमा कहिले पनि यस्तो लक्की ड्रमामा विश्वास नरेपनि अहिले आफुले यो उपहार पाउँदा उनि दंग छिन् ।

ग्राहकले टिभीएसको मोटरसाइकल किनेर वा नकिनेर पनि यो योजनाको सहभागी बन्न सक्ने वागेश्वरी अटोमोटिभ्स धनगढीका प्रवन्धक प्रेम साउँदले बताएका छन् । उनले उक्त योजनाको मूख्य विशेषता यही भएको जानकारी दिए । प्रत्येक साता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्ष प्रशारण गरेर गोला प्रथाबाट बिजेता छानिन्छ।

टिभिएसको कुनै पनि मोटरसाइकल किन्दा ९ हजार र स्कूटर किन्दा ७ हजार रुपैयाँ नगद छुट पाइन्छ। त्यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर किन्दा ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा किन्न सक्ने ब्यवस्था रहेको वागेश्वरी अटोमोटिभ्स धनगढीका प्रवन्धक प्रेम साउँदले जानकारी दिए ।
बम्पर उपहारका रुपमा हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । कम्पनीका अनुसार हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहनेले अनलाइन फारम भर्न सक्नेछन् । यसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने बताइएको छ । जगदम्बा मोटर्स प्रा.लिले नेपालमा टिभिएस टू–ह्वीलर्सको भित्र्याउँदै आएको छ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार