नेकपा सांसदका साथै महिला तथा सामाजिक समिति सभापति निरु पाललाई कोरोना संक्रमण

निरु पाल

काठमाडौं । नेकपा सांसदका साथै महिला तथा सामाजिक समितिकी सभापति निरु पाललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। कोभिड-१९ को लक्षण देखिएपछि उनले कोरोनाको स्वाब दिएर परीक्षण गराएकी थिइन्।

आफूलाई हल्का ज्वरो आएको, जिउ धेरै दुखेको र श्वास फेर्न गाह्रो भएपछि जाँच गरेको उनले बताइन्। उनले आफूलाई कोभिड-१९ देखिएपनि हार नमान्ने बताएकी छिन्।

उनले भनेकी छिन्, ‘कोरोना लागेपनि म यति छिट्टै हार खादिनँ। मलाई विश्वास छ म कोरोना जितेर छिट्टै काममा फर्किनेछु।’
उनले यो बीचमा आफ्नो सम्पर्कमा रहेकालाई जाँच गराउन र आफन्तलाई नआत्तिन भनेकी छिन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार