SKIP THIS

धनगढी उप-महानगरपालिका

ग्यास विस्फोट हुनबाट कसरी जोगाउने, यस्ता छन् रोकथामका उपाय ? (भिडियो सहीत)

ग्यास विस्फोट

भान्छामा खाना पकाउने एलपी ग्यास चुहिएर अगालागी भई बर्षेनी ठूलो धनजनको क्षति भइरहेका समचारहरु सुन्नमा आइरहन्छन् । अतिसंवेदनशील पदार्थ ग्यासको सुरक्षित प्रयोग नहुँदा दुर्घटना निम्तिने हो ।

एलपी ग्यासको सबैभन्दा ठूलो जोखिम भनेकै चुहावट हो । कहिलेकाहीँ पुरानो थोत्रो र लिकेज भइरहेको सिलिन्डर घरमा आइपुगेको खण्डमा पड्किने पनि उत्तिकै सम्भवना रहन्छ ।

यदि तपाईंले सामान्य होसियारी अपनाउनुभयो भने ग्यासको जोखिमबाट सुरक्षित रहन सक्नुहुन्छ । तपाईं आफ्नो घरमा ग्यास चुहावट भइरहेको कसरी पत्ता लगाएर त्यसको रोकथाम गर्न सक्नुहुन्छ रु हामी तपाइँलाई ग्यास चुहवाटका कारण र रोकथामका उपायहरुबारे जानकारी गराउँदै छौं ।

ग्यास चुहावट हुनुका कारणहरु

-बिग्रिएका उपकरणहरु (ओभन, गिजर, बोइलर आदि)
-खुकुलो गरी फिट गरिएका ग्यासका पाइपहरु
-बिग्रिएका पुराना ग्यास पाइपहरु
-चुल्हो खुल्लै छाडि बेवास्ता गरिनु
-ग्यासको सिलिन्डर (रेगुलेटर) अफ नगरिनु
-नेपाल गुणस्तर प्राप्त नगरेको कमसल वा पुरानो रेगुलेटर प्रयोग गरिनु
-खराब ग्यास सिलिण्डर
यदि तपाईंको घरमा बत्ती जाँदा प्रयोग हुने ग्यास ल्याम्प वा जाडोमा कोठा तथा शरीर तताउन प्रयोग गरिने ग्यास हिटर छ भने तिनको प्रयोग नगरेको समयमा ती उपकरणको ग्यास सञ्चार हुने स्विच खुल्लै छाड्नाले पनि ग्यास चुहावट गराउँछ । त्यस्तै, बिजुली ब्याकअपको लागि ग्यास जेनेरेटर राखिएको छ भने प्रयोगमा नआएको समयमा ग्यास आपूर्ति बन्द नगर्नाले ग्यास चुहावट हुने गर्छ ।
ग्यास चुहावटका खतराहरु

समयमै ग्यास चुहावट पत्ता लगाउन सकिएन भने यसले घातक रुप लिन सक्छ । ग्यास चुहावटको समयमै पहिचान गर्न नसकेको खण्डमा निम्न जोखिमहरु निम्त्याउने गर्छ,

-स्वास्थ्यमा प्रतिकुल असर
-आगोको दुर्घटना
-विस्फोट
-विषाक्त कार्बोन मोनोअक्साइड
-मृत्यू
प्राकृतिक ग्यास वा संकुचित ग्यास धेरै ज्वलनशील रहन्छ । यसको थोरैमात्र चुहावट भएपनि ग्यास तपाईं र तपाईंको वरिपरी फैलिन सक्छ । र, सानो आगोको झिल्कोले पनि असोचनिय, अनियन्त्रित परिणाम दिन सक्छ ।

प्रत्येक वर्ष ग्यास चुहावटका कारण आगलागी, ग्यास विस्फोटन, सास फेर्न समस्याजस्ता क्षतिपूर्ण प्राणघातक हजारौं घटना घट्ने गर्छन् । तपाईंले आफु र परिवारलाई दुर्घटनाबाट जोगाउन घरमा कसरी ग्यास चुहावट पत्ता लगाउने र त्यसको रोकथाम गर्ने भनेर जान्नु अत्यन्तै आवश्यक छ।

कसरी गर्ने ग्यास चुहावटको पहिचान ?

ग्यास चुहावट पहिचानको सबैभन्दा ठूलो समस्या भनेको यो अदृश्य हुन्छ र कुनै संकेत वा लक्षण नदिइकन वातावरणमा फैलन्छ । ग्यास चुहावटका केही प्रमुख संकेतहरु छन् जुन तपाईंले सतर्कताका साथ ख्याल राख्नुपर्छ ।

कुहिएको अण्डाको गन्ध

प्राकृतिक ग्यासको गन्ध कुहिएको अण्डाको जस्तो हुन्छ । घरमा यस्तो विचित्रको गन्ध आएमा सलाई, लाइटरजस्ता आगो सल्काउने चिजको प्रयोग नगरी ग्यास प्रवाह हुने स्विच वा रेगुलेटर तुरुन्त बन्द गर्नुपर्छ ।

चुल्हो जाँच गर्नुहोेस्

चुल्होमा ग्यासको प्रयोग हुने भएकाले यो अतिसंवेदनशील चिज हो । चुल्होमा आगो नबाल्दा पनि ग्यास खुल्लै छोड्ने सम्भावना रहन्छ । यदि तपाईंले अनौठो कुहिएको जस्तो गन्ध महशुस गर्नुभयो भने चुल्होको जाँच गरी ग्यास सञ्चार हुने स्विच बन्द गर्नुहोस् ।

स.सि अथवा सुसेलेको आवाज

यदि तपाईंले चुल्हो खुल्लै छाड्नुभएको छ भने ग्यास चुहावटको स्रोत सजिलै पत्ता लगाउन सकिन्छ । तर, यदि स्रोत पत्ता नलागेको खण्डमा तेज गन्ध आएको ठाँउमा ध्यानपूर्वक सुन्नुहोस् ।

पक्कै पनि तपाईंले त्यहाँ सुसेलेको जस्तो आवाज सुन्नु हुनेछ र त्यसले खुकुलो, बिग्रिएको वा प्वाल परेको पाइपबाट ग्यास चुहावट भएको संकेत गर्छ ।

खराब ग्यास सिलिन्डर

अन्य विकसित राष्ट्रमा जस्तो पाइपबाटै ग्यास वितरणको सुविधा हाम्रो देशमा नभएकाले हामी सिलिण्डरबाट ग्यासको प्रयोग गर्छौं । सकिएपछि अर्को ग्यास भरिएको सिलिण्डरसँग साटेर प्रयोगमा ल्याउने भएकोले खराब सिलिन्डर पर्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

तपाईंले पसलबाट सिलिन्डर साट्दा सिलिन्डरको अवस्थाबारे ध्यान दिनु एकदम महत्वपूर्ण रहन्छ ।

मरेका वनस्पतिहरु

तपाईंको घरभित्र रहेको वनस्पति मरेको छ भने पनि घरमा अनौठो गन्ध आउँछ । यसको मतलव तपाईंको हातमा पनि ग्यास चुहावट हुन्छ । प्राकृतिक ग्यासले बढ्न नदिने, बिगार्ने वा मार्ने गर्छ ।

स्वास्थ्यमा पर्ने असरहरु

ग्यास चुहावटले स्वास्थ्यमा धेरै थरीको प्रतिकुल असर पार्छ जसमध्ये केही असर तल दिइएका छन्,

-श्वासप्रश्वासमा समस्या
-चक्कर लाग्ने
-टाउको दुख्ने
-आँशु आइराख्ने
-घाँटी खसखस हुने
-वकवाक लाग्ने
-भोक नलाग्ने
-चिडचिडापन
-कान बज्ने
-नाकबाट रगत बग्ने
साना बालबालिका र वृद्धवृद्धा जसको रोग प्रतिरोधी क्षमता कमजोर छ उनीहरुलाई बढी मात्रामा समस्यामा देखा पर्छ । त्यस्तै, श्वासप्रश्वास सम्बन्धी रोग भएका व्यक्तिलाई ग्यास चुहावटले निम्त्याउने खतरा ज्यादा हुन्छ ।

यसरी विषाक्त ग्यासले बेहोस बनाउने र समयमा उपचार नपाउँदा मान्छेको मृत्यू समेत हुन सक्छ ।

ग्यास चुहावट भएमा के गर्ने ?

ग्यास चुहावट भएको खण्डमा सबैभन्दा पहिलो प्राथमिकताको पक्ष भनेको आफ्नो परिवारको रक्षा गर्नु हो । यदि तपाइँलाई थाहा भएको वा नभएको स्रोतबाट ग्यास चुहावट भएर घरभरी फैलिएको छ भने तल दिइएका उपायहरुको पालना अविलम्ब गर्नुहोस् ।

-ग्यास चुहावटको माध्यम वा स्रोत बन्द गर्ने
-सलाई, लाइटरहरु नबाल्ने र बिद्युतीय सर्किट पनि सर्ट भई झिल्का निस्कन सक्ने हुनाले बत्तीको स्विचहरु पनि बन्द गर्ने
-घरको सबै झ्याल ढोकाहरु खोल्ने
-स्वच्छ हावामा सास फेर्नको लागि स–परिवार बाहिर खुल्ला ठाँउमा जाने

ग्यास चुहावटलाई कसरी रोक्ने ?

सम्भावित जोखिमबाट बच्नको लागि ग्यास चुहावटको पहिचान गरी त्यसको रोकथाम गर्न अति नै आवश्यक हुन्छ । ग्यास चुहावटलाई रोक्ने केही मापदण्डहरु यस्ता छन्ः

-नियमित रुपमा ग्यासजन्य सम्पूर्ण उपकरणहरुको जाँच गर्नुहोस्
-दैनिक रुपमा ग्यास सिलिण्डरमाथि ध्यान दिनुहोस्
-चुल्होमा निलो रंगको आगो नबली पहेँलो वा सुन्तला रंगको आगो बलेमा प्राविधिकलाई बोलाएर देखाउनुहोस्
-ग्यास प्रवाह हुने ठाँउबाट कुहिएको गन्ध आएमा सावधान रहनुहोस्
-ग्यास रहेको ठाँउ नजिक झ्याल खुल्ला राख्नुहोस्
-माथि दिइएका स–साना उपायहरुको अवलम्बन गरेमा पक्कै पनि ग्यास चुहावट र यसको जोखिमबाट बच्न सकिन्छ।

हेर्नुहोस सरोकार फाउन्डेसन र अतुल्य फाउन्डेसन द्धारा तयार पारीएको यो भिडियो सामाग्री…!

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार