मोहन्याल गाउँपालिकाको कार्यालय खिमडी बाटै सञ्चालन हुने, स्थिानिय हर्षित

मोहन्याल गाउँपालिकाको केन्द्र खिमडी

धनगढीः कैलालीको मोहन्याल गाउँपालिकाको कार्यालयकाे ठेगाना सरकारले खिमडि ताेके पनि बिकट ठाउँ भयका कारण कहिले धनगढी, कहिले बाैनिया बाट काम गर्ने भयपछि स्थानीय जनताहरुले सा्स्ति खेप्नुपरेको थियाे ।

समय समयमा कार्यलयका बिषयमा कहाँबाट काम सुरु गर्ने तथा प्रशासनिक भबन कहाँ निर्माण गर्ने भन्ने बिषयमा बहस हुने गरेपछि यसकाे बिबाद टुंगोमा पुर्‍याउन र गाउपालिकाकाे काम कार्बाहि खिमडि बाटै सञ्चालन गर्न केहिदिन अघि सुदूरपश्चिम प्रदेश सरकारका पुर्व सामाजिक बिकास मन्त्री दिर्घ साेडारि , नेकपा जिल्ला कमिटी सचिब लाल बहादुर साेडारि ( दर्शन) नेकपाका जिल्ला तथा साेनेकपा गाउँ कमिटी सदस्य प्रसान्त शाहि गाउँपालिकाका नेता कार्यकर्ता सहित गाउँपालिकाका अध्यक्ष नबल सिङ रावल लगायतका ब्यक्तिहरुकाे उपस्थितिमा कार्यलयकै बिबादमा मात्रै अल्झिरहे थप बिकास निर्माणका कार्यमा समेत बाधा पुग्ने भन्दै तोकेकै स्थान खिमडीबाट कार्यालय सञ्चालन गर्ने सहमति भयकाे छ।

कार्यलय गाउँबाटै सञ्चालन भयपछि स्थानीयहरु पनि आफुहरु सानाे कामकाे लागि पनि धनगढी,बाैनिया जानुपर्ने हुदा काम खर्चिलो र दुखदायि हुन बाट जाेगिने भन्दै खुसि ब्यक्त गरेका छन् ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार