यसरी हुदै छ ? सुदूरपश्चिम प्रदेशकै आस लाग्दो परीयोजना गेटा मेडिकल कलेज निर्माण ! (भिडियो रिपोर्ट)

पुर्णरुपमा पुर्वाधार निर्माण कार्य २०८० सम्ममा सम्पन्न गर्ने लक्ष

गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्युनतम पूर्वाधार तयार गर्न अझै १ वर्ष लाग्ने

धनगढीः कैलालीको गेटामा निर्माण भईरहेका सुदूरपश्चिम प्रदेशकै आस लाग्दो सरकारी परियोजना गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्युनतम पूर्वाधार तयार गर्न अझै १ वर्ष लाग्ने भएको छ ।
गेटा मेडिकल कलेज निर्माणको पहिलो फेजको काम अन्तरगत राज्यको झण्डै ४ अर्ब लगानीमा निर्माण कार्य भईरहेको छ । नेपाल सरकारका तर्फ बाट मेडिकल कलेज पुर्वाधार विकास समिति प्रोजेक्ट ईन्जिनियर पवन रावलले केडिकल कलेज निर्माण कार्य सातवटा प्याकेजमा निर्माण भईरहेको र अहिले पहिलो चरणको काम भईरहेको बताउदै रावलले गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्युनतम पूर्वाधार तयार गर्न अझै १ वर्ष लाग्ने बताउनु भएको छ ।
उहाँले भन्नुभयो,“नेपालको ईतिहासमै पहिलोपटक शिक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रमा यति धरै ठुलो लगानि गरेर संरचना निर्माण गरीरहेको छ । अहिले पहिलो चरणको चरणको कार्य अन्तरगत लगभग ८० प्रतिशत काम सम्पन्न भएको छ । जसभित्र भवनको बाहिरी बनावट तथा भवन रङरोगनको कार्य सम्मपनन्न भएको छ तर अस्पताल अथवा मेडिकल कलेज सामान्य रुपमा सञ्चालन गर्नका लागि आश्यक पर्ने फर्निचर, उपकरण, प्रशासनिक कक्ष, विद्युत लगाएतका समाग्रिहरु को व्यवस्थापन गरी सुचारु गर्ने अवस्थामा ल्याउन १ वर्ष लाग्छ ।” उहाँले भन्नुभयो ।  प्रस्तुत छ रावलसंग गरीएको कुराकानि र स्थलगत सामाग्री….!

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार