‘नो मिन्स नो, अ रेपिष्ट ईन योर पाथ’ भन्दै धनगढीमा विरोध प्रदर्शन !

नो मिन्स नो, अ रेपिष्ट ईन युअर पाथ भन्दै धनगढीमा विरोध प्रदर्शन

धनगढीः देशभरी बलात्कारका घटनामा बृद्धि भएको भन्दै धनगढीमा विरोध प्रदर्शन भएको छ। बलात्कारका घटना वृद्धि भइरहेको बेला यस्ता घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै शुक्रबार मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको हो।

स्थानीय ३० जना युवतीहरुले कालो कपडा लगाएर तथा हात र आँखामा कालो पट्टी बाँधेर विरोध जनाएका थिए। उनीहरुले ‘अझै कति सहने’, ‘नो मिन्स नो, ‘इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रर्दशन गरेका थिए।

साथै उनीहरुले ‘राज्य बलात्कारी होस् तँ’ भन्दै बाजासहित नारा समेत लगाएका थिए। विरोध कार्यक्रममा बोलन्या थलीले सहकार्य गरेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार