कैलाली असई हत्या प्रकरणमा ११ जना पक्राउ

धनगढीमा भेटिएको शव वेपत्ता असईको भएको पुष्टि

धनगढी । कैलालीमा असई हत्या प्रकरणमा संलग्‍न भएको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । गएराति कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेको विषयमा अनुसन्धानका क्रममा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको सुदूरपश्‍चिम प्रहरी प्रमुख डीआजी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

गएराति धनगढी उप-महानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद ड्युटीमा निस्किएका थिए ।

जसमध्ये एकजनाको शव आइतबार बिहान मोहना नदीमा भेटिएको थियो । प्रहरी जवान रामबहादुर साउँद भने अझै फेला परेका छैनन् । तर उनले प्रयोग गर्ने गरेको मोबाइल भने फेला परेको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने प्रहरीको दाबी छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार