जब डिपार्ट भित्रकै प्रतिनिधि सम्पर्क विहिन हुदा बिहान कुरीन्छ…!

धनगढीको मोहना नदीमा हत्या गरेको अवस्थामा प्रहरी सहायक निरिक्षक मृत भेटिएपछि स्थानीय त्रसित त

धनगढी: धनगढीको मोहना नदीमा हत्या गरेको अवस्थामा प्रहरी सहायक निरिक्षक मृत भेटिएपछि स्थानीय त्रसित त बनेका छन् नै त्यहीमाथि आफ्नै संगठनका सहकर्मी सम्पर्क बिहिन हुदा पनि खोजी कार्यको लागी बिहान कुरीदा दुखव्यक्त गरेका छन् ।

शनिबार राति सीमा क्षेत्रमा गस्ती गएका, कैलालीको अस्थाई प्रहरी पोष्ट जुगडाका असई गोविन्द विकको तस्करले धारिलो हतियार प्रयोग हत्या भएकोे छ । शनिबार रातिको खाना खएर धनगढी–१० को सीमा क्षेत्र (सव पिलस नं १६४ ए) को आसपास गस्तीमा गएका विकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

नेपाल भारत सीमा भएर बग्ने मोहना नदीमा असई विकको प्रहरी पोसाकमै शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीसँगै गएका प्रहरी जवान रामबहादुर साउद भने बेपत्ता छन् । उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडामा रहेको अस्थायी प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको धारिलो हतियार प्रयोग गरी हत्या भएपछि त्यस क्षेत्रका स्थानीय त्रसित भएका हुन् ।

अहिले स्थानीयहरु ले प्रहरी नै असुरक्षित भएपछि असुरक्षा महसुस भएको स्थिानियले बताएका छन् । ‘प्रहरी नै असुरिक्षत छ अब हाम्रो हालत के होला ?’ प्रहरीकै हत्या हुन्छ भने हाम्रो जिउ ज्यानको रक्षा कसले गर्छ ? लगाएतका प्रश्नहरु ले स्थानियहरुलाई पिरोल्न थालेको छ ।

ड्युटीकै क्रममा अज्ञात समूहद्वारा हत्या गरिएपछि अहिले कञ्चनपुरको पुनर्वास नगरपालिका–९ खगाउँमा बस्दै आएका बिकका आफन्तले घटनाबारे सत्थतथ्य सार्वजनिक गर्न माग गरिरहेका छन्। उनीहरुले घटनाबारे सत्यतथ्य नआएसम्म शव नबुझ्ने बताएका छन्।

यस अघि पनि प्रहरी सहायक निरिक्षक गोविन्द बिक हत्या गरेको अवस्थामा मृत फेला परेकै क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी जवान कुमार सारु मगर मृत भेटिएका थिए । सशस्त्र प्रहरीको बिओपी जुगेडामा कार्यरत सारुमगर असोज ९ गते डिउटीमै रहेका बेला वेपत्ता भएका थिए । उनी असोज १० गते दिउँसो धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारी स्थित खुटिया नदीमा मृत भेटिएका थिए । उक्त घटनाबारे पनि अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार