कैलाली प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरिक्षक देउवालाई

Sp Deuba

धनगढीः कैलालीको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरिक्षक दिलिप देउवालाई दिईएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले देउवालाई कैलाली प्रहरीको प्रमुखका रुपमा खटाइएको जानकारी दिनुभयो ।

उहाँले दंगा नियन्त्रण प्रहरी गण कञ्चनपुरमा कार्यरत प्रहरी उपरिक्षक देउवालाई आजदेखि काजमा कैलाली खटाइएको जानकारी दिनुभयो । । कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबरा कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौँमा छन् ।

उनी उपचारका लागि काठमाडौँ गएपछि कार्यालय प्रमुख विहिन बनेको कैलालीका अपराधिक गतिविधि बढेपछि प्रहरी उपरिक्षक देउवालाई खटाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार