प्रहरी सहायक निरिक्षक बिकको समर्थनमा धनगढीमा प्रदर्शन, प्रहरी लाई नै सम्हाल्न हम्मे-हम्मे…! (भिडियो)

प्रहरी सहायक निरिक्षक बिकको समर्थनमा धनगढीमा प्रदर्शन

धनगढी । प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरेका छन ।

गस्तीमा गएका बेला वेपत्ता भएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक बिक आईतबार बिहान मृत अवस्थामा मोहना नदीमा भेटिएका थिए ।

बिकको हत्या गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, परिवारको भरण पोषणको जिम्मा सरकारले लिनुपर्ने जस्ता माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

बिकको घाँटी र गर्धन रेटिएको थियो भने उनिसँगै गस्तीमा निस्किएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै पत्ता लाग्न सकेको छैन । साउँदको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी सहायक निरिक्षक बिकको समर्थनमा धनगढीमा प्रदर्शन

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार