प्रहरी सहायक निरिक्षक गोबिन्द बिकको उच्च सम्मानका साथ अन्त्येष्टि

प्रहरी सहायक निरिक्षक गोबिन्द बिकको उच्च सम्मानका साथ अन्त्येष्टि

धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोबिन्द बिकको उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आईतबार नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्य हत्या गरेको अवस्थामा भेटिएका प्रहरी सहायक निरिक्षक बिकको सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर घाटमा उच्च सम्मान सहित अन्त्येष्टि गरिएको हो । बिकको शोक सलामी सहित अन्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अन्त्येष्टि अगाडी बिकको पार्थिक शरिरमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार