सुदूरपश्चिमका थप ४८ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

SudurCorona

धनगढीः कैलालीका ३१ सहित सुदूरपश्चिमका थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ४ सय ८४ जनाको परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १९ जना, जानकी गाउँपालिकाका ४ जना, त्यसैगरी टीकापुर नगरपालिका र गोदावरी नगरपालिकाका ३र३ जना, भजनी नगरपालिका र लम्किचुहा नगरपालिकाका एकरएक जनामा संक्रमण देखिएको बताए।

त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका ३ जना, लालझाडी गाउँपालिकाका ३ जना, त्यसैगरी बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाका एकरएक जनामा समेत कोरोना पुष्टि भएको छ। यस्तै दार्चुलाको दुहुँ गाउँपालिका र डडेल्धुराको अमरगढी नगरपालिका एकरएक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार