प्रहरी जवान साउदको अछाममा सम्मान सहित अन्त्येष्टि

जुगेडामा हत्या गरिएका प्रहरी जवान साउदको अछाममा सम्मान सहित अन्त्येष्टि

धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको अन्त्येष्टि सम्मानका साथ अछाममा गरिएको छ ।

हत्या गरेको अवस्थामा भेटिएका उनको आज अछामको कैलाश खोलामा शोक सलामी सहित अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक रमेश भट्टको टोलीले साउदलाई शोक सलामी दिएका थिए । अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिह थापाले साउदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

गत शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै वेपत्ता भएका प्रहरी जवान साउदको शव मंगलबार मोहना नदीमा फेला परेका थियो । प्रहरी सहायक निरीक्षक बिकको शव भेटिएको स्थानदेखि ३ सय मिटर तल उनको शव भेटिएको थियो । बिकको शव भने आइतबार बिहानै शव भेटिएको थियो ।

दुवै जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ । केही व्यक्ति अझै फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार