दुखः मा पनि जनता संगै अर्थमन्त्री बोहरा, मृत ‘असई’ बिकको घरमै पुगी परिवारलाई सान्त्वना !

हत्या गरिएका प्रहरीका परिवारलाई सुदूरपश्चिमका अर्थमन्त्री बोहराको सान्त्वना
मृत प्रहरी सहायक निरीक्षक बिकको घरमा अर्थमन्त्री बोहरा

धनगढीः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक ( असई ) गोविन्द बिकको हत्यामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।
आज पुर्नवास नगरपालिका वडा नम्बर ९ स्थित मृतक गोविन्द बिकको घरमै पुगेर उनले परिवारलाई सान्तोना दिदै दोषीलाई कडा कारबाहीको लागि पहल गर्ने बताएका हुन् । सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका क्रममा ज्यान दिएका व्यक्तिको उच्च सम्मान गर्दै प्रदेश सरकारले समेत उचित राहतको कार्यक्रमहरू ल्याउने उनले बताएका हुन् ।

मन्त्री परिषद् बैठकबाट मृतकका आफन्तहरूलाई सम्बोधन हुने गरि राहत उपलब्ध गराउन पहल गर्ने मन्त्री बोहराले बताएका थिए । विपन्न परिवारका एक्ला आधारका रुपमा रहेका प्रहरी सहायक निरीक्षक ( असई ) गोविन्द बिकको हत्या भएपछि परिवारमा आर्थिक संकट हुने देखिएको छ ।
मृतकका परिवाहरुलाई आर्थिक संकट हुन नदिन प्रदेश सरकारले पहल गर्ने समेत मन्त्री बोहराले बताए । मन्त्री बोहरा मृततकको घरमै पुगेर सान्त्वना दिएपछि पीडित परिवारले प्रदेश सरकारको आभास गर्न पाएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार