गोदावरी ६ स्थित कुटी बड्याहा पुल शिलान्यास, समयमै निर्माण कार्य सम्पन्न भए आवातजावत गर्न सहज हुने विश्वास

गोदावरी ६ स्थित कुटी बड्याहा पुल शिलान्यास

धनगढीः गोदावरी नगरपालिका वडा नं.६ स्थित कुटी बड्याहा पुल शिलान्यास गरीएको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६  मा निर्माण हुन लागेको कुटी बड्याहा पुलको एक कार्यक्रमका बीच बुधबार सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले पुलको शिलान्यास गरेकी हुन् ।

पुल निर्माणका लागि १८ महिनाको समयावधी तोकिएको छ । प्रदेश सरकारको पुर्वाधार विकास कार्यालय कैलाली तथा प्रदेश सभा सदस्य चौधरीको पहलमा निर्माण गर्न लागिएको उक्त पुलको लम्बाई २५ मिटर र चौडाई ७ दशमलव ५ मिटर रहेको छ ।

पुुल निर्माणका लागि एलबी एण्ड एबी बिल्डर्स प्रालि संग ३ करोड ५८ लाख २२ हजार १ सय ३७ रुपौयाँमा ठेक्का सम्भौता भएको पुर्वाधार विकास कार्यालयका प्रमुख श्याम बहादुर खड्काले बताए । पुल निर्माण कार्यले पुर्णता पाएपछि वर्षातको समयमा आवातजावत गर्न सहज हुने विश्वास लिइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार