विहिबार बिहानदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सुचारु

पूर्व–पश्चिम राजमार्ग सुचारु

धनगढीः विहिबार बिहानदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ। बसको ठक्करबाट नेपाली काँग्रेस क्षेत्र नम्बर २ की कोषाध्यक्ष भागरथी रेग्मीको मृत्यु भएपछि क्षतीपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए।

ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डिएसपी सागर बोहराका अनुसार घाइते रामबहादुर चौधरीको उपचार खर्च बस व्यवसायीले बेहोर्ने, बस चालकलाई कानूनी कारबाही गर्ने, मोटरसाइकल मर्मत गर्ने तथा मृतका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि राजमार्ग सुचारु भएको हो। मृत्यक रेग्मीको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ।

बुधबार साँझ लम्कीचुहा नगरपालिका वडा नम्बर ९ की ३५ वर्षीया रेग्मीको बसको ठक्करबाट मृत्यु भएको थियो। बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकलमा सवार रेग्मीलाई सोही दिशातर्फ गईरहेको से१प ९५७ नम्बरको बसले ठक्कर दिएको थियो। दुर्घटनामा परी मोटरसाईकलका चालक लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापुरका रामबहादुर चौधरी घाइते भएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार