नेपाल पत्रकार महासंघ बझाङका उपाध्यक्ष सहित ३ जनाले दिए सामुहिक राजिनामा

सामुहिक राजीनामा

धनगढीः नेपाल पत्रकार महासंघ बझाङका सहित ३ जनाले दिए सामुहिक राजिनामा दिएका छन्।

महासंघका नयाँ सदस्य वितरणमा महासंघका अध्यक्ष र सचीवले एकाधिकार जमाएको भन्दै असन्तुष्टि जनाउँदै उपाध्यक्ष, कोषाध्यक्ष र सहसचिवले पदबाट सामुहिक राजीनामा दिएका हुन । उपाध्यक्ष सम्राट सिंह, कोषाध्यक्ष राजेन्द्र सिंह र सहसचिव सुवास कठायतले आजदेखी लागू हुने गरी सामुहिक राजीनामा दिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

पत्रकारीता सङ्ग कुनै साईनो नभएका राजनीति दलका कार्यकर्ता र परिवारका सदस्यलाई पत्रकार महासंघको सदस्यता वितरण गरेर महासंघको गरिमा कलङ्कित पार्ने खोजिएको बिहीवार जारी विज्ञप्तिमा उल्लेख गल्लेख गरीएको छ ।

पत्रकारको संस्थालाई गैर पत्रकारको अखडा बनाईएकोले पेशागत मर्यादालाई ध्यानमा राख्दै यस्तो संगठनमा बस्न उचित नदेखिएकोले राजीनामा दिएको उल्लेख छ । तीनै जना प्रेस संगठनबाट निर्वाचित पदाधिकारी हुन । बझाङमा पत्रकार महासंघको नयाँ सदस्यता वितरणमा युनियनले एकाधिकार जमाएको भन्दै प्रेस संगठनले विरोध जनाउदै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार