पूर्वराजा शाह द्धारा दशैको शुभकामना व्यक्त भन्छन्, ‘नेपाली जनता टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ’

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको विपत्तिबाट नागरिकका जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कार्यमा सरकार चुकेको औंल्याएका छन् ।

विजय दशमीको अवसरमा बिहीबार एक सन्देश जारी गर्दै पूर्वराजा शाहले विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको बताएका हुन् । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुने भन्दै उनले अहिले जनता अविभावकविहीन बनेको बताएका छन् ।

‘प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं तर विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ,’ पूर्वराजाको सन्देशमा भनिउको छ, ‘जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्माबोध सबैमा हुनु पर्दछ । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावकविहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’

हर्षोल्लासका साथ विजय दशमी मनाउन सकिने अवस्था नरहे पनि देशभित्र र देश बाहिर बसेका समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति र समृद्धिको लागि उनले शुभकामना व्यक्त गरेका छन् ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार